गण्डकी ढुवानीको नयाँ कार्यालय
पाेखरा | फागुन २५, २०८०
पोखरा: गण्डकी ढुवानी प्रालिले पोखरा महानगरपालिका–१० बुद्धचोकमा नयाँ कार्यालय स्थापना गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आज (शुक्रबार) गण्डकी ढुवानी प्रालिको नयाँ कार्यालयको उद्घाटन गरे ।
कार्यालयको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायीहरु एकताबद्ध अगाडि बढ्न आवश्यक रहेको बताए ।
‘यातायात व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको छ’, पौडेलले भने, ‘व्यवसायीहरुको विभिन्न समस्या मागहरु सरकारले सम्बोधन नगरेकाले व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

उनले यातायात क्षेत्रमा रहेका समस्याहरु समाधान गरेर व्यवसायीहरुलाई तनाव मुक्त गर्न आवश्यक रहेको सुनाए ।
गण्डकी ढुवानी प्रालिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङले व्यवसायीहरुको माग सरकारले नसुनेको गुनासो गरे ।
‘हामीले विभिन्न मागहरु राखेर पोखराका ३३ वटै वडामा पत्र पठायौं तर सुनावाई भएन’, तामाङले भने, ‘स्थानीय सरकारले ढुवानी क्षेत्रका लागि सशुल्क जग्गाको माग राख्दा पनि दिन सकेन ।’
उनले सरकारबाट मागको सुनावाई भन्दा बढि आश्वासन मात्र पाएको दुखेसो गरे ।
माछापूच्छ«े ढुवानी प्रालिका उपाध्यक्ष कृष्ण गौतमले सरकारको नीति व्यवसायी मुखी नहुँदा प्रशासनबाट हैरानी व्यहोर्न परेको बताए ।
गण्डकी ढुवानी प्रालिका अध्यक्ष मनोज रसाइलीले सबै व्यवसायीहरुलाई एकजुट बनाउन लागेको बताए ।
कार्यालय स्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले ढुवानी व्यवसायीहरुले ढुवानीको मूल्य तोक्न आवश्यक रहेको बताए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

